पुल बगाउदा जोखिमपूर्ण यात्रा , मुचुल्का सहितको प्रतिवेदन बुझाउदा पनि कुनै सुनुवाइ भएन

बझाङ: बाढीले पुल बगाउँदा स्थानिय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बुङ्गल नगरपालिका वडा नं १ मा स्थित गोइचन खोलामाथी रहेको पुल गोइचन खोलामा आएको बाढीले बगाँउदा गोइचन गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

आसार १९ गते राती परेको अबिरल बर्षाको कारण खोलामा बाढी आएको र खोलामाथी रहेको आरसिसि पक्की पुल बगाएको स्थानिय सुरेश धामीले बताउनु भयो । बाढीले पुल बगाएपछी अहिले गोइचन गाउँका १०० बढी परिवारलाई वडाकार्याल, स्थानिय बजार, छिमेकी गाँउमा जान समस्या भएको छ भने, कोही बिरामी हुदाँ २ घण्टा लामोबाटोबाट स्वास्थय सँस्थामा जानुपर्ने अवस्था सिर्जना भएको स्थानियहरुले बताएका छन् । सामान्य बिरामी देखी गर्भवती, बालबालिकाको खोपको लागि स्वास्थ्यचौकी जान खोलामा ज्यानको वाँजी थापेर जानुपर्ने अवस्था आएको स्थानिय तिलक बोहराले बताउनु भयो ।

यो पनि पढ्नुहोस

थाम डाँडा

असार १९ गते आरसिसि पुल खोलाले बगाएपछी स्थानियहरुले पटक पटक खोलामा काठको पुल बनाउने गरेको भएपनी बर्षाका कारण उक्त पुल समेत खोलाले बगाउने गरेको बोहराले बताउनु भयो । आसार १९ गते र त्यस यता खोलामा आउने बाढीले पुल संगै जलविद्युत, ग्रामीण सडक, खानेपानी, पानी घट्ट, तथा खेतीयोग्य जमिनमा क्षती पुरयाएको छ । खोलामा पुल बगाएको र गाँउमा रहेको जलबिद्युत पनी खोलाले बगाएको महिनौ भइसक्दा समेत नगरपालिकाले कुनै चाँसो नदेखाएको स्थानियले आरोप लगाएका छन् । प्रहरी मुचुल्का सहितको प्रतिवेदन नमगरपालकामा बुझाइसक्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले सुरेश धामीले बताउनु भएको छ ।

You might also like