बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा ९ जना र बुंगल नगरपालिका एक जना र बित्थड चिर गाउँपालिकामा एक जना र केदारस्युँ गाउँपालिकामा पनि एक स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि भएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लालाई एक साता सम्मका लागी बुधबार राति १२ बजे देखी लागु हुने गरी भदौ २५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले बताउनुभयो ।
उहाँ भन्नुभयो , क्वारेन्टाइनमा बसेका ब्यक्तिmहरुको पिसिआर रिपोर्ट ढिला आउदा उनिहरु क्वारेन्टाइन स्थलबाट घरगई सकेका र पछी उनिहरुको पिसिआर रिपोर्ट पोजटिभ आए पछी कन्ट्राक्ट टे्रसिङ गर्दा कोरोना समुदायमा देखिएको बताउनुभयो । आजको निर्णयले अति आवश्यक काम बाहेक सरकारी कार्यालयको बन्द गर्ने , यातायातका साधन बन्द गर्ने साथै आवतजावत पुर्णरुपमा बन्द गर्ने, निर्णय गरेको छ । यसका साथै जिल्लाका स्थानिय बजारहरु विहान र बेलुका २ घन्टा बाहेक अन्य समय पुर्णरुपमा बन्द गर्ने, बित्तिय संस्थाहरु बिहान ७ बजे देखि १० जे सम्म मात्र खोल्ने पनी निर्णय भएको प्रजिअ भन्डारीले जानकारी दिनुभयो । साथै जिल्लाका १२ वटै स्थानीयतहमा १ सय वेड सम्मको आइसुलेसन स्थापना गर्ने , साथै जिल्लामा कोरोना समुदायमा फैलिदै गएकाले सुदुरपश्चिम प्रदेश सरकारलाइ ५ हजार भिटियम किटको माग गर्ने पनि निर्णय भएको छ । बझाडमा अहिले १ सय ३५ जना संक्रमितहरुलाई बिभिन्न स्थानीय तह तथा जिल्ला अस्पतालको आईसोलेसख कक्षमा राखिएका छन् भने ७ सय ७५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।
२४ जेष्ठ २०८३, आईतवार
समुदायमा कोरोना देखिएपछि बझाङ जिल्लामा निषेधाज्ञा जारी
यो पनि पढ्नुहोस
You might also like